Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाईड्रोपावरको एजीएम मंसिर २८ गते, बुक क्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, १० : ५५ मा प्रकाशित

सुपरमाई हाईड्रोपावरको एजीएम मंसिर २८ गते, बुक क्लोज कहिले ?

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सुपरमाई हाइड्रोपावरले मंसिर २८ गते वार्षिक साधारण सभा  बोलाएको छ ।

सभा लिसरा रिसेप्सन प्रालि, नक्साल काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको