Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावर कम्पनी — झन्डै ४ अर्ब मुनाफा आर्जन ,२० कम्पनी घाटामा हुँदा अन्यको वित्तीय रिपोर्ट कस्तो ?

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, १३ : ०१ मा प्रकाशित

हाइड्रोपावर कम्पनी — झन्डै ४ अर्ब मुनाफा आर्जन ,२० कम्पनी घाटामा हुँदा अन्यको वित्तीय रिपोर्ट कस्तो ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९० वटा हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् ।  

जलविद्युत कम्पनीहरूले यस अवधिमा ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्षको तुलनामा ३५.०४ प्रतिशत बढी हो । गत आवको सोही त्रैमासमा यी कम्पनीहरूले २ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । 

समिक्षा अवधिसम्ममा ७० वटा हाइड्रो कम्पनीहरु नाफामा उक्लिएका छन् भने २० वटाले घाटा ब्यहोरेका छन् । गत आवको यसै अवधिसम्ममा भने ५६ वटा कम्पनी मात्रै नाफामा थिए भने बाँकी ३४ वटा कम्पनी घाटामा थिए । गत आर्थिक वर्षको तुलनामा यस वर्ष अधिकांश हाइड्रो कम्पनीले नाफामा सुधार गर्न सफल भएका छन् ।  

कसले कति कमाए नाफा ?

पहिलो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउने हाइड्रो कम्पनीमा अप्पर तामाकोशी हाइड्रो रहेको छ । कम्पनीले समिक्षा अवधिसम्म ६३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर कम्पनीको यो नाफा गत आवको तुलनामा भने ३७.२६ प्रतिशत कम हो । गत आवको यसै अवधिसम्म यस कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

दोस्रो बढी नाफा कमाउनेमा साहज उर्जा रहेको छ । कम्पनीले ४० करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै,माउन्टेन इनर्जीले ३० करोड ५३ लाख,ग्रीन भेन्चर्स लिमिटेडले २३ करोड ९३ लाख,चिलिमे हाइड्रोले २० करोड ९७ लाख, सानिमा माई हाइड्रोले २० करोड २० लाख, अपि पावरले १८ करोड १७ लाख, सुपर मादी हाइड्रोले १६ करोड १३ लाख रुपैयाँ र सानिमा मिडिल तमोर हाइड्रोले १४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

२० कम्पनी घाटामा

बाँकी २० वटा कम्पनीले भने यस अवधिसम्म घाटा ब्यहोरेका छन् । सबै भन्दा धेरै घाटा ब्यहोर्नेमा माउन्टेन हाइड्रोपावर रहेको छ । कम्पनीले ३८ करोड ६२ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

साथै गत आवको तुलनामा सर्वाधिक नाफा बढाउने कम्पनीमा भने मिड–सोलु हाइड्रोपावर रहेको छ । कम्पनीले १९१०.६० प्रतिशतले नाफा बृद्धि गरेको छ । गत आवको पहिलो त्रैमाससम्म १७ लाख रुपैयाँ मात्रै नाफा कमाएको यस कम्पनीले यस अवधिसम्म ३ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

प्रतिसेयर आम्दानी कसको कति ?  

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २० हाइड्रोपावरको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दामाथि रहेको छ । अन्य ५० कम्पनीहरुको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहेको हो । तीन महिनाको अवधिमा २० हाइड्रोपावरको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको