Like us!
Follow us!
Connect us!
Watch us!

यो सरकार देशमा स्थीरताका र सुशासन कायम राख्न बनेको होः गृहमन्त्री लेखक

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, १६ : ५५ मा प्रकाशित

यो सरकार देशमा स्थीरताका र सुशासन कायम राख्न बनेको होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले गृहमन्त्री लेखकले देशमा स्थीरताका र सुशासन कायम राख्नका लागि एमाले र काँग्रेस मिलेर सरकार बनेको बताएका  छन्  ।

बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने ‘एमाले र काँग्रेस मिलेर सरकार बनेको छ,’ उनले भने, ‘यो सरकार देशमा स्थीरताका र सुशासन कायम राख्नका लागि बनेको हो ।’ 

गृहमन्त्री लेखकले विकास निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताए । 

‘चुनाव लड्दा हामी आआफ्नो पार्टीको झन्डा लिएर जान्छौं,चुनाव जितिसकेपछि विकासका मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ ।’ 

गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताए ।

‘लोकतन्त्रमा जनताका अधिकार सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने व्यवस्था हो । त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ । यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ । त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।

उनले स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ उनले भने, ‘सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको