Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीलाई सांसद खनालको प्रश्न : कुन नैतिकताले गृहमन्त्रीको कुर्सीमा बस्नुहुन्छ ?

अर्थ संसार

मंगलबार, २९ माघ २०८१, १४ : ०५ मा प्रकाशित

गृहमन्त्रीलाई सांसद खनालको प्रश्न : कुन नैतिकताले गृहमन्त्रीको कुर्सीमा बस्नुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको भूमिकाप्रति प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिशिर खनालले ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने अनेराश्ववियुका विद्यार्थीलाई अनुसन्धान गर्ने हिम्मत समेत नरहेको बताए।

उनले भने, ‘क्याम्पसमा नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने, कहिले सत्ता टिकाउने बहानामा अखिल सम्बद्ध विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने, यता अभद्र व्यवहार भनेर आशिका तामाङहरूलाई हतकडी लगाएर १५ दिन डुलाउने ? दुई तिहाइको तपाईंहरुको बहुमत छ । गृहमन्त्रीले आफैँले कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने ? तपाईंहरुलाई भोटै मात्रै हाल्न यो देशमा बसिदिनुपर्ने हो त ?’ 

उनले आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने भन्दै प्रश्न गरेका छन्। 

उनले भने, ‘आफ्नो कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले आफ्नो कुर्सीमा बस्ने हो ? हामीलाई जवाफ दिनुपर्‍यो।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको