गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।
भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्र प्राप्तपछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरी भाष्य निर्माण गर्नु गलत भएको बताए।
गृहमन्त्री लेखकले भने, ‘तत्कालीन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिंगो प्रेस जगत र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यबस्था चाहिदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न।’
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उनले भने, ‘केही हुदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यबस्था लोकतन्त्र मात्रै हो।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस