Like us!
Follow us!
Connect us!
Watch us!

ठोरी प्रदेश नं ३ मा गाभिन्छ : अध्यक्ष प्रचण्ड

सोमबार, १० पुस २०७४, १८ : ३५ मा प्रकाशित

ठोरी प्रदेश नं ३ मा गाभिन्छ : अध्यक्ष प्रचण्ड

अर्थ संसार, चितवन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उहाँले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा राख्ने भनिए पनि मधेश आन्दोलनका कारण हुन नसकेको बताउनुभयो ।

अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो प्राथमिकता नै ठोरीलाई ३ नं प्रदेशमा गाभ्ने काम हुने बताउँदै यसअघि नै ठोरीलाई प्रदेश नं।३ मा गाभिने सो गाउँपालिकाले सर्वसम्मत निर्णय गरेकाले यसको कार्यान्वयनका लागि सहज भएको धारणा व्यक्त गर्नुभयो ।

नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत सो नाकाबाट भित्रिएको स्मरण गर्दै उहाँले यो नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ, यो निकै छोटो र उत्कृष्ट मार्ग बन्नेछ ।”

चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवादज्ञापन गर्न जाने क्रममा अध्यक्ष प्रचण्ड ठोरी पुग्नुभएको हो ।

अध्यक्ष प्रचण्डले आजै चितवनको बाँदरझुलाका बासिन्दालाई पनि धन्यवादज्ञापन गर्नुभयो । बाँदरझुलामा आयोजित कार्यक्रममा उहाँले अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै सुकुम्वासी समस्या समाधानका लागि ठोस निर्णय गर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पछिल्ला समय पार्टी एकताका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति खण्डन गर्दै एमाले र माओवादी केन्द्र बीचको एकताका विषयमा शंका नगर्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभाको गठन सबैको सहकार्य र सहमतिमै हुने पनि उहाँले बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको