Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री भारत जानुहुन्छः गृहमन्त्री लेखक

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १३ : १९ मा प्रकाशित

चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री भारत जानुहुन्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने बताएका छन् । 

बिहिबार प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ,चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’

नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जानु परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देशको भ्रमणमा अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई कांग्रेस–एमाले बीच खटपट भएको भनेर गलत हल्ला चलाइएको उनले दाबी गरे । ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौं ।’ उनले २०८४ को निर्वाचनसम्म सहज रुपमा मिलेर जाने पनि उनले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको