Like us!
Follow us!
Connect us!
Watch us!

कन्ट्री रेटिङमा नेपालले पायो ‘डबलबी माइनस’,दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो

अर्थ संसार

शुक्रबार, ०७ मंसिर २०८१, १० : ३० मा प्रकाशित

कन्ट्री रेटिङमा नेपालले पायो ‘डबलबी माइनस’,दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो

 पहिलोपटक गरिएको कन्ट्री रेटिङमा नेपालले डबल बी अर्थात् बीबी माइनस प्राप्त गरेको छ । 

अमेरिकी रेटिङ कम्पनी फिच रेटिङ्सले गरेको रेटिङमा नेपालले डबल बी माइनस पाएको हो ।यो भारतपछि दक्षिण एसियाको सबैभन्दा राम्रो रेटिङ हो ।

फिचले गरेको रेटिङमा भारतको बीबीबी माइनस, बंगलादेशको बी प्लस, श्रीलंका र पाकिस्तानको सीसीसी प्लस छ । त्यस्तै थाइल्यान्डको बीबीबी प्लस, साउथ अफ्रिका बीबी माइनस र मंगोलियाको बी प्लस छ ।

कन्ट्री रेटिङले त्यो मुलुकको आर्थिक तथा लगानीको वातावरणको अवस्था झल्काउँछ । रेटिङ हेरेर विदेशी लगानीकर्ताहरुले उक्त मुलुकमा लगानी गर्नु कति सुरक्षित छ भनेर निर्णय लिन्छन् । अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरी ऋण उठाउनका लागि  पनि मुलुकलाई क्रेडिट रेटिङ अनिवार्य चाहिन्छ । रेटिङ कम्पनीहरूले मुलुकको वातावरण हेरेर ट्रिपल एदेखि सी ग्रेडसम्म दिने गर्छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको