यूनाईटेड इदीमर्दी एण्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर ६ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।
घोषित लाभांश कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।
साथै बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पूँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले अघि सारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस