युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आफ्नो १५ औं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आउँदो चैत ११ गते वार्षिक साधारणसभा बोलाएको हो। सभा कास्कीको पोखरा–१७ घारीपाटनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ का हाल कायम चुक्तापुँजीको कुल ४.२११ प्रतिशतका दरले लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२११ नगद लाभांश छन्।
सभाले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गरी कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्दै नियमनकारी निकायहरुसँग आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
साथै गत आवका वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण टुंगो लगाउने काम पनि सभाले गर्नेछ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २३ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस