Like us!
Follow us!
Connect us!
Watch us!

९ लघुवित्त कम्पनीले गरे लाभांश घोषणा, बुक क्लोज हुन बाँकी कति ?

अर्थ संसार

शुक्रबार, ०७ मंसिर २०८१, ११ : ५२ मा प्रकाशित

९ लघुवित्त कम्पनीले गरे लाभांश घोषणा, बुक क्लोज हुन बाँकी कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम आ–आफ्ना लगानीकर्ताहरुको लागि लाभांश घोषणा गरिरहेका छन् । नेप्सेमा सूचिकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ९ वटा संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् ।

सूर्योदय वोमी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, नेसनल लघुवित्त, सपोर्ट लघुवित्त ,आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् ।

फरवार्ड माइक्रोफाइनान्स

फरवार्ड माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १३.३ प्रतिशत बोनश सेयर र ०.७ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुले लाभांश पाउन सक्नेछन् । 

नेसनल लघुवित्त

नेसनल लघुवित्तले सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश रहेको छ । संस्थाले मंसिर १८ देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएकाले मंसिर १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

सपोर्ट लघुवित्त

सपोर्ट लघुवित्तले १३.७७५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.७२५ प्रतिशत गरी कुल १४.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

संस्थाले बुक क्लोज मिति भने तय गरेको छैन् ।

आरएसडीसी लघुवित्त

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ९.५ बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाले बुक क्लोज मिति तय गरेको छैन् ।

फस्र्ट माइक्रोफाइनान्स

त्यसैगरी फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको छैन् ।

सूर्योदय वोमी लघुवित्त

सूर्योदय वोमी लघुवित्तले कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।जसमा ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको छैन् ।

यसर्थ यी कम्पनीहरुको सेयर दोस्रो बजारमा खरिद गर्दा  अझै पनि लाभांश पाउन सकिनेछ ।  

स्वाबलम्वन लघुवित्त
स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ०.७५ प्रतिशत कर प्रयोजनका लागि र १४.२५ प्रतिशत बोनश सेयर गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

आशा लघुवित्त

आशा लघुवित्तले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १४.२५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ । 

गुराँस लघुवित्त

गुराँस लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट कुल १५ प्रतिशत लाभाश दिने भएको छ । जसमध्ये १५.२५ प्रतिशत बोनश सेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ ।

यी ३ कम्पनीमध्ये दुईवटा कम्पनीको साधारणसभा भइसकेको छ भने एक कम्पनीको साधारणसभा आज हुँदै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको