नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभाका कारण काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गरेको छ। शुक्रबारको सभापछि सार्वजनिक स्थानमा जथाभावी फोहोर फालिएको भन्दै महानगरले यो कदम उठाएको हो।
सार्वजनिक स्थानमा फोहोर गर्नेहरूलाई जरिवाना लगाउने यो पटकको ठूलो राजनीतिक दलमाथि कडा कदम चाल्नुले थप चर्चा पाएको छ।
सभापछि दरबारमार्गको सडक र फुटपाथमा प्लास्टिक, खानेकुराका प्याकेट, पानीका बोतललगायतका फोहोर थुप्रिएको पाइएको थियो। फोहोर व्यवस्थापनमा लापरवाहीका कारण वातावरणीय प्रदूषण भएको भन्दै महानगरले कडा कदम चालेको हो।
सार्वजनिक स्थान सफाइलाई प्राथमिकतामा राख्दै महानगरले कुनै पनि सभा, जुलुस वा सार्वजनिक गतिविधि पछि देखिएको फोहोरका लागि आयोजकलाई जिम्मेवार बनाउँदै आएको छ। यस किसिमको कडा कारबाहीले आयोजनाहरू थप सचेत बन्ने अपेक्षा गरिएको छ।
महानगरको यो कदमले फेरि एकपटक नागरिक र आयोजकलाई सफाइप्रति गम्भीर बन्न प्रेरित गरेको छ। सामाजिक सञ्जालमा कतिपयले यसलाई सकारात्मक कदम भनेका छन् भने केहीले महानगरले राजनीति गरेको भनेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस