नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार, अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरोको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा रहेको छ भने, युके पाउण्ड स्ट्रलिङको खरिददर १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम भएको छ।
अन्य मुद्राको विनिमय दर
स्वीस फ्रयाङ्कको खरिददर १५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४२ पैसा रहेको छ।
अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ दुई पैसा निर्धारण गरिएको छ।
क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा तोकिएको छ।
सिङ्गापुर डलरको खरिददर एक सय एक रुपैयाँ चार पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४९ पैसा छ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा रहेको छ।
चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ सात पैसा रहेको छ। कतारी रियालको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा छ।
अन्य विवरणहरू
थाई भाटको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९२ पैसा रहेको छ। युएई दिरामको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा कायम भएको छ।
मलेसियन रिङ्गेटको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा छ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा तोकिएको छ। स्वीडिस क्रोनरको खरिददर १२ रुपैयाँ १७ पैसा र बिक्रीदर १२ रुपैयाँ २२ पैसा रहेको छ भने डेनिस क्रोनरको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा छ।
विशेष मुद्राहरू
हङकङ डलरको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा छ।
कुवेती दिनारको खरिददर ४३८ रुपैयाँ र बिक्रीदर ४३९ रुपैयाँ ९५ पैसा छ।
बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २८ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस