राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ ।
राहदानी विभागले सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको बताएको हो ।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ ।
राहदानी विभागबाट आंशिक रूपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ । विभागका अनुसार एक(दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ खुला गरिनेछ । भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।
राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस