Like us!
Follow us!
Connect us!
Watch us!

डेडिकेटेड ट्रंकलाइन विवाद : उद्योगको लाइन नकाट्न प्राधिकरणलाई आयोगको निर्देशन

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १८ : ५३ मा प्रकाशित

डेडिकेटेड ट्रंकलाइन विवाद :  उद्योगको लाइन नकाट्न प्राधिकरणलाई आयोगको निर्देशन

विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ । 

मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको हो । 

प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयलाई देखाएर १५ दिनको समय दिएर उद्योगमा लाइन जोडेको थियो । उक्त समयावधि बुधबार सकिदैछ । बुधबार बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो । नियमन आयोगको निर्देशनपछि प्राधिकरण ब्याक हुन बाध्य भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको