Like us!
Follow us!
Connect us!
Watch us!

दुई अर्ब रूपैयाँको नागरिक बचतपत्र विक्री गर्दै सरकार, साढे सात प्रतिशत ब्याज दिने

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, १२ : ४७ मा प्रकाशित

दुई अर्ब रूपैयाँको नागरिक बचतपत्र विक्री गर्दै सरकार, साढे सात प्रतिशत ब्याज दिने

सरकारले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र विक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले मसिंर १३ गतेदेखि पुस १४ गतेसम्म ५ वर्ष अवधिको बचतपत्र विक्री गर्न लागेको हो ।

विक्री सम्पन्न भएपछि पुस १६ गते बचतपत्र निष्काशन हुनेछ । यो बचतपत्र नेपाली नागरिक (गैर आवसीय नेपाली नागरिक समेत) ले मात्र खरिद गर्न सक्नेछन् ।

यस बचतपत्रमा नागरिकले ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। नागरिक बचतपत्रको प्रमुख विशेषता भनेको ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो।

यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय पाँच वर्ष रहनेछ। आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ। बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध  हुने र आवेदन पोर्टल मार्फत  इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरू अनलाइन अपलोड गर्नुपर्नेछ बचतपत्रका लागि न्यूनतम आवेदन रकम १० हजार रूपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासन रकमको आधारमा तोकिएको छ।

यसमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने छैन र सबै आवेदन विधिपूर्वक स्वीकृत हुनु पर्नेछ। सरकारले यस बचतपत्रको माध्यमबाट नेपाली नागरिकलाई सुरक्षित र आकर्षक लगानी अवसर प्रदान गर्दै, सार्वजनिक ऋण व्यवस्थापनमा थप सुधारको योजना अघि बढाएको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको