Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक ऋण : पहिलो त्रैमासमै १ खर्ब १५ अर्ब उठाउने सरकारको तयारी

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १४ : ५६ मा प्रकाशित

आन्तरिक ऋण : पहिलो त्रैमासमै १ खर्ब १५ अर्ब उठाउने सरकारको तयारी

सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमै ठूलो मात्रामा आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले बजेट कार्यान्वयनका लागि तय गरेको ऋण लिने लक्ष्यअनुसार योजना बनाएरै ऋण उठाउन लागिएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ । सोही योजनाबमोजिम मंगलबारसम्म करिब ३० अर्ब आन्तरिक ऋण उठाइसकिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

हालसम्म ९ र ११ वर्षे अवधिको विकास ऋणपत्र र विभिन्न अवधिका ट्रेजरी बिलमार्फत करिब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन भइसकेको छ । बुधबार ६ वर्षे विकास ऋणपत्र बिक्री गर्दै गरिँदै छ भने ११ वर्षे विकास ऋणपत्रको औसत ब्याजदर ५.२८ प्रतिशत कायम भएको छ ।

यस वर्ष बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको र ब्याजदर पनि थोरै रहेकाले ऋण उठाउने काम तीव्र गतिमा भएको कार्यालयको भनाई छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको