Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्न लक्ष्य क्यापिटलको एजीएम पुस ६ गते बस्दै

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, १० : ५८ मा प्रकाशित

लाभांश वितरण गर्न लक्ष्य क्यापिटलको एजीएम पुस ६ गते बस्दै

लक्ष्य क्यापिटल लिमिटेडले पुस ६ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ललितपुर पार्टी प्यालेस, सातदोबाटो, ललितपुरमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

कम्पनीको उद्देश्य थप गर्ने र ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको कम्पनीले स्वतन्त्र सञ्चालक नियुक्तिको पनि प्रस्ताव गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको