एनआइएमबि एस क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्तावसहित पुस ५ गते साधारण सभा पनि बोलाएको छ ।
सभा यस क्यापिटलको सभा हल लाजिम्पाट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस