Like us!
Follow us!
Connect us!
Watch us!

डिनर डिप्लोमेसी: जुकरबर्ग र ट्रम्पको भेटले के सन्देश दिन्छ?

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, १७ : ४८ मा प्रकाशित

डिनर डिप्लोमेसी: जुकरबर्ग र ट्रम्पको भेटले के सन्देश दिन्छ?

फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा भेटघाट गरेका छन्। जुकरबर्गको यो भेटलाई उनीहरूबीच चिसिएको सम्बन्ध सुधारतर्फको प्रयासका रूपमा हेरिएको छ।

इतिहासमा ट्रम्प र जुकरबर्गको सम्बन्ध सौहार्दपूर्ण रहन सकेको थिएन। क्यापिटल दंगापछि जुकरबर्गले ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए। त्यसपछि ट्रम्पले जुकरबर्गमाथि २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप नगर्न चेतावनी दिँदै जेलको धम्की समेत दिएका थिए।

तर, पछिल्ला केही घटनाक्रमले ती तनावपूर्ण सम्बन्धमा सुधारका संकेत देखिएका छन्। मेटाका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै जुकरबर्गले राष्ट्रपति निर्वाचित ट्रम्पसँग रात्रिभोजमा सामेल हुन पाएकोमा कृतज्ञता व्यक्त गरेको जानकारी दिए।

"यो अमेरिकाको भविष्यका लागि महत्त्वपूर्ण समय हो," विज्ञप्तिमा उल्लेख छ। ट्रम्पसँग प्राविधिक क्षेत्रका अन्य व्यक्तित्वहरूसँग पहिले नै उच्चस्तरको सम्बन्ध रहेको भए पनि जुकरबर्गसँगको यो नयाँ संवादले नयाँ अध्यायको संकेत गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको