Like us!
Follow us!
Connect us!
Watch us!

आजको विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउन्ड महंगो

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, ०७ : ५० मा प्रकाशित

आजको विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउन्ड महंगो

आज, अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १७ गते सोमबार १ अमेरिकी डलरको बिक्री दर १३५ रुपैयाँ ४८ पैसा र खरिद दर १३४ रुपैयाँ ८८ पैसा रहेको छ, जुन शुक्रबारदेखि उस्तै छ।

यता, युरो र पाउन्डको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार १ युरोको बिक्री दर १४३ रुपैयाँ २९ पैसा र खरिद दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ, जबकि आइतबार यो मूल्य क्रमशः १४३ रुपैयाँ ०६ पैसा र १४२ रुपैयाँ ४३ पैसा थियो।

बेलायती पाउन्ड १ को बिक्री दर १७२ रुपैयाँ ५८ पैसा र खरिद दर १७१ रुपैयाँ ८२ पैसा रहेको छ, जबकि आइतबार यसको मूल्य क्रमशः १७१ रुपैयाँ ९७ पैसा र १७१ रुपैयाँ २१ पैसा थियो।

यसैगरी, जापानिज येनको १० को बिक्री दर ९ रुपैयाँ ०५ पैसा र खरिद दर ९ रुपैयाँ ०१ पैसा छ। अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २२ पैसा र बिक्री दर ८७ रुपैयाँ ८३ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ३३ पैसा र बिक्री दर ९६ रुपैयाँ ७५ पैसा रहेको छ। कतारी रियाल १ को खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९८ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको