Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास लघुवित्तको लाभांश घोषणा,बोनस र नगद कति ?

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, १० : २० मा प्रकाशित

साना किसान विकास लघुवित्तको लाभांश घोषणा,बोनस र नगद कति ?

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ।  जसमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको