अर्थ संसार, काठमाडौँ – सरकार गठन, पार्टी एकता र राष्ट्रियसभाको निर्वाचन तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
अध्यक्ष ओलीसँग छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । भेटवार्तामा पार्टी एकता र आगामी सरकार गठन तथा राष्ट्रियसभाको विषमया सरकारले गरिरहेको अवरोधको बारेमा समेत छलफल भएको बताइएको छ ।
अध्यक्ष ओलीलाई भेटन अध्यक्ष दाहाल केही बेर अघि बालकोट पुगेका हुन् । भेटमा थप कुराकानी के भयो भन्ने बारेमा सार्वजनिक रुपमा केही पनि बताइएको छैन ।
ओली र दाहालबीचको छलफलपछि आजै पार्टी एकता संयोजन समितिको बैठक समेत बस्ने बताइएको छ । बैठकको समय र स्थानबा बारेमा भने कुनै जानकारी दिइएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस