Like us!
Follow us!
Connect us!
Watch us!

हवाई इन्धन महँगिएसँगै महँगियो हवाई भाडा,कुन गन्तव्यको कति ?

अर्थ संसार

बुधबार, १९ मंसिर २०८१, ११ : ५१ मा प्रकाशित

हवाई इन्धन महँगिएसँगै महँगियो हवाई भाडा,कुन गन्तव्यको कति ?

आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको हो ।

क्यानका अनुसार  काठमाडौं–धनगढी रुटको भाडा ९० रुपैयाँले बढेर यात्रा महँगो बनेको छ।

यस्तै, पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले, विराटनगर–भैरहवा ८० रुपैयाँले, काठमाडौं–सिमरा १५ रुपैयाँले, काठमाडौं–विराटनगर ५० रुपैयाँले, काठमाडौं–पोखरा ३० रुपैयाँले र काठमाडौं–भैरहवा ४० रुपैयाँले वृद्धि भएको छ।

हवाई इन्धनको मूल्य वृद्धिले यात्रुको आर्थिक भार थपिए पनि इन्धन लागत घटाउन नसकेका कारण भाडा समायोजन गर्नु परेको क्यानले जनाएको छ।  हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ ।

 

674ff2bfc6d47.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको