Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८४ लाख १७ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १५ : १८ मा प्रकाशित

नेप्सेमा ८४ लाख १७ हजार कित्ता बोनस सेयर सूचिकृत

आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीका ८४ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा आज साल्ट ट्रेडिङ, फस्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंकले हालै सेयरधनीहरुलाई वितरण गरेका कुल ८४ लाख १७ हजार ४६.३७ कित्ता सूचीकृत भएको छ।

आज नेप्सेमा सबैभन्दा बढि सिटिजन्स बैंकको बोनश सेयर सुचिकृत भएको हो । बैंकको ७२ लाख ७१ हजार ८५३.८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

त्यसैगरी फस्ट माइक्रोफाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाइ वितरण गरेको ९.५ प्रतिशत बराबरको बोनस सेयर पनि नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको आज ७ लाख ६० हजार ७०४.५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

त्यस्तै आज साल्ट ट्रेडिङको ३ लाख ८४ हजार ४८८ कित्ता बोनस सेयर पनि नेप्सेमा थपिएको छ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको