Like us!
Follow us!
Connect us!
Watch us!

पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, ०७ : ५४ मा प्रकाशित

पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक

यो वर्षको बहुप्रतिक्षित चलचित्र ‘पुष्पाः द रुल’ केही दिनमा हलमा रिलिज हुँदैछ । फिल्मलाई लिएर निकै चर्चा चलेको छ । अवस्था यस्तो छ कि धेरै ठाउँमा पहिलो दिनको टिकट नै पाएका छैनन् ।

फिल्म एक सातापछि थ्रीडी संस्करणमा रिलिज हुने भए पनि मानिसहरु आफ्नो मनपर्ने स्टारलाई टुडीमा मात्रै भए पनि हेर्न तयार छन् । फिल्मको ट्रेलरदेखि लिएर गीतले निकै चर्चा मच्चाएको छ । अब प्रश्न उठ्छ, सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ लाई ‘पुष्पाः द रुल’ले टक्कर दिन सक्छ त ? यदि तपाइँको मनमा पनि यो प्रश्न छ कि फिल्म कस्तो छ ? हामी तपाइँको लागि फिल्मको पहिलो समीक्षा ल्याएका छौं।

अल्लु अर्जुन र सुकुमारको जोडीले बनाएको चौथो फिल्म  ‘पुष्पाः द रुल’ केही दिनमा हलमा रिलिज हुँदैछ । फिल्मलाई लिएर मानिसमा निकै क्रेज छ । रिपोर्टका अनुसार अल्लु अर्जुन र सुकुमार दुवै फिल्मको आउटपुटबाट पूर्ण रूपमा सन्तुष्ट छन्। यस वर्षको बहुप्रतिक्षित चलचित्रको पहिलो समीक्षा न्युज १८ को तेलुगु वेबसाइटमा देखा राखिएको छ । रिपोर्टमा उद्योग स्रोतलाई उद्धृत गर्दै यस फिल्मको बारेमा जानकारी दिइएको छ ।

उद्योग स्रोतका अनुसार  ‘पुष्पाः द रुल’ दर्शकका लागि पूर्ण प्याकेज हो । फिल्मको बजेटमा निर्माण पक्षले कुनै सम्झौता गरेको छैन । गुज बम्पहरू परिचय दृश्य, अन्तराल दृश्य र क्लाइम्याक्स दृश्यमा आउने निश्चित छन्। सुकुमारले मनमोहक पटकथामा आफ्नो जादू चलाएका छन् ।

‘पुष्पाः द रुल’ ले अल्लु अर्जुनको स्ट्यामिना निकै राम्रो देखाएको छ, यस्ता टिप्पणी पनि सुनिन थालेका छन् । श्रीलीलाको विशेष गीत र रश्मिकाको प्रस्तुति फिल्मको मुख्य आकर्षण बन्नेछ ।

‘पुष्पाः द रुल’ एक हजार करोड कमाउने फिल्म बन्ने विश्वास फ्यानहरुको छ । निर्माण पक्षका अनुसार फिल्म लामो भए पनि दर्शकलाई बोर हुने छैन ।  ‘पुष्पाः द रुल’को बेनिफिट शोले राम्रो प्रतिक्रिया पाइरहेको छ । देवी श्री प्रसाद र श्याम सीएसको संगीत उच्च स्तरको छ। फिल्मको ‘जात्रा’ दृष्य पैसा–वसुल दृश्य भएकोले यो दृश्य हेर्न दर्शकहरु पक्कै आउनेछन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको