Like us!
Follow us!
Connect us!
Watch us!

पब्लिक कम्पनी बनेको नोबेल मेडिकल कलेजले २ सय प्रतिशत लाभांश बाँड्ने

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, १४ : ४० मा प्रकाशित

पब्लिक कम्पनी बनेको नोबेल मेडिकल कलेजले २ सय प्रतिशत लाभांश बाँड्ने

प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कलेजको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँका दरले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न मेडिकल कलेजले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे प्रथम वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरिय स्वास्थ्य सेवा संचालन गर्नुपर्ने, स्वास्थ्य सेवा संचालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गनुपर्ने भएकाले सो को लागी आवश्यक पर्ने श्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी÷अस्पताल÷शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग) लगायतका विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको