उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे कानुन संशोधन गर्ने बताएका छन्।
भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अर्थतन्त्र सुधारको क्रममा रहेको मन्त्री पौडेलले बताए।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप पूर्वाधार निर्माणको आवश्यकता रहेको उनले उल्लेख गरे। साथै, भैरहवालाई आधुनिक सहरका रूपमा विकास गर्न सरकारको योजना रहेको र निर्माणाधीन आयोजनाहरूमा निराशा फैलाउन नहुने धारणा राखे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस