पुर्व प्रधानमन्त्री झलनाथ खनालले बीआरआईको फ्रेमवर्क गिजोलेकोमा असन्तुष्टी जाहेर गरेका छन । यद्दपी, बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएकोमा खुसी भने ब्यक्त गरेका छन् ।
चीनको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्केका नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले खुसी ब्यक्त गरेका हुन् ।
तर, केपी ओली नेतृत्वको सरकारले राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै बिरआरआइ सम्झौताका लागि गरिएको आनाकानीमा भने उनले असन्तुष्टी जनाएका छन । उनी चीनसँग ऋण लिएर भए पनि बिआरआइ परियोजनामा सामेल हुनु पर्ने तर्क गर्दै आएका नेता हुन् ।
‘लामो प्रयासपछि बीआरआई सम्झौता भएको छ। आखिर सम्झौता गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्यो ? छिमेकी देशहरुसँग जसले राम्रो सम्बन्ध बनाउँन सक्दैन। त्यसले अन्यसँग कसरी राम्रो सम्बन्ध बनाउँन सक्छ ?’ उनले भने, ‘यो त पहिले नै अध्ययन गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम थियो ।’
उनका अनुसार छिमेकीहरुसँग लापरवाहीतरिकाले प्रस्तुत हुनु हुदैँन । ‘तर, धेरै पटक घुमाउरो कुरा गरेर भएपनि सम्झौता भएको छ। यो चाहिँ खुसीको कुरा हो,’ उनले भने ।
चीनको गोन्जाओमा सम्पन्न भएको एक बिश्व सम्मेलनमा सहभागी हुन उनी गत शनिवार चीन प्रस्थान गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस