Like us!
Follow us!
Connect us!
Watch us!

मोहन बैध पाँच बर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

अर्थ संसार

सोमबार, २४ मंसिर २०८१, ०७ : २० मा प्रकाशित

मोहन बैध पाँच बर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

मोहन बैध पुनः  क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन्र । 

आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । 

यस एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेको थियो, महाधिवेसन किर्तिपुरमा सम्पन्न भएको हो ।

महाधिवेसनको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । लगत्तै हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।

महासचिव वैद्य अब कम्तिमा पाँच वर्ष सो पार्टीको नेतृत्वमा रहनेछन् । सो महाधिवेसनले ११७  सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको