सोमबार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ भने यूरो, पाउण्डलगायत केही मुद्राको मूल्य घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलरको एकको खरिददर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ कायम गरिएको छ। यूरोपियन यूरोको एकको खरिददर १४२.९१ रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ छ भने युके पाउण्ड स्ट्रलिङको एकको खरिददर १७२.३० रुपैयाँ र बिक्रीदर १७३.०७ रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, स्वीस फ्रयाङ्कको एकको खरिददर १५३.८८ रुपैयाँ र बिक्रीदर १५४.५६ रुपैयाँ, अष्ट्रेलियन डलरको एकको खरिददर ८६.३९ रुपैयाँ र बिक्रीदर ८६.७८ रुपैयाँ छ। क्यानेडियन डलरको एकको खरिददर ९५.५० रुपैयाँ र बिक्रीदर ९५.९२ रुपैयाँ कायम गरिएको छ।
सिङ्गापुर डलरको एकको खरिददर १००.७३ रुपैयाँ र बिक्रीदर १०१.१८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ छ। चिनियाँ युआनको एकको खरिददर १८.५९ रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ कायम गरिएको छ।
साउदी अरेबियन रियालको एकको खरिददर ३५.९९ रुपैयाँ र बिक्रीदर ३६.१५ रुपैयाँ, कतारी रियालको एकको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ छ। थाई भाटको एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९८ रुपैयाँ छ। युएई दिरामको एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ तोकिएको छ।
यस्तै, मलेसियन रिङ्गेटको एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ, स्वीडिस क्रोनरको एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ छ।
डेनिस क्रोनरको एकको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ, हङ्कङ डलरको एकको खरिददर १७.३८ रुपैयाँ र बिक्रीदर १७.४६ रुपैयाँ छ।
कुवेती दिनारको एकको खरिददर ४४०.१४ रुपैयाँ र बिक्रीदर ४४२.०९ रुपैयाँ, बहराइन दिनारको एकको खरिददर ३५८.५५ रुपैयाँ र बिक्रीदर ३६०.१४ रुपैयाँ तथा ओमानी रियालको एकको खरिददर ३५१.१९ रुपैयाँ र बिक्रीदर ३५२.७५ रुपैयाँ कायम गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस