प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन् । सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको बताए
उनले भने, ‘४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन् । यस्ता खालका मानिसहरू पनि छन् । कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरु पनि देखिन्छन् । तिनीहरूलाई समातेर कहाँ छ ल पुष्टि गर त बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बदनाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् ।’
प्रधानमन्त्री ओलीले अब एउटा व्यक्तिलाई अनैतिकृत ढंगले कुर्सीमा बसाइदिएर जनता फेरि रैती हुन नसक्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस