Like us!
Follow us!
Connect us!
Watch us!

आज बजारमा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

मंगलबार, २५ मंसिर २०८१, १५ : २० मा प्रकाशित

आज बजारमा यी कम्पनीको भयो उच्च कारोबार

नेप्से परिसूचक आज पनि  घटेको छ। २७७५.८५ बिन्दुमा रहेको नेप्से आज पाँचौं दिनमा घटेर २६६९.८२ बिन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज  ६.३२ अकंले घटेको हो । आज ३०३ कम्पनीको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको १८ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यस्तै,सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ,जानकी फाइनान्सको  १७ करोड १७ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीको  ११ करोड २७ लाख रुपैयाँ,नेपाल एसबीआई बैंकको १० करोड ७८ लाख रुपैयाँ र खानीखोला हाइड्रोपावरको ९ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसैगरी,जोशी हाइड्रोपावरको ७ करोड २४ लाख रुपैयाँ,एलआईसी नेपालको ७ करोड १० लाख रुपैयाँ,रिभर फल्स पावरको ६ करोड ११ लाख रुपैयाँ र सन नेपाल लाइफको ५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको