Like us!
Follow us!
Connect us!
Watch us!

भोली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

विहीबार, १३ पुस २०७४, १५ : १६ मा प्रकाशित

भोली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

अर्थ संसार, काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक भोलि बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुन लागेको जानकारी दिनुभयो ।

निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन लाग्नुभएको हो । काँग्रेसको २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको