Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले ९८ करोडको आइपीओ निष्कासन गर्ने

अर्थ संसार

विहीबार, २७ मंसिर २०८१, १३ : ४२ मा प्रकाशित

प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले ९८ करोडको आइपीओ निष्कासन गर्ने

प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले ९८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।

जसका लागि कम्पनीले कुमारी क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा प्रभु एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरे ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले ९८ करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५ करोड रहेको छ भने जारी पुँजी २ अर्ब छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पुँजी छ र आइपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्नेछ । यो कम्पनी गत २ वर्षदेखि सञ्चालन मुनाफामा रहेको छ । 

यस कम्पनीमा प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस् एन्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।

कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दछ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो ।

दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको