भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका सूर्यप्रसाद सिलवालको स्थानमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको छ।
बीमा ऐन, २०७९ को दफा ६ अनुसार प्राधिकरणको सञ्चालक समितिमा दोश्रो वरियतामा रहेका दाहालले अध्यक्षको जिम्मेवारी पाएका हुन्। यसअघि अर्थ मन्त्रालयबाट प्राधिकरणको बोर्ड सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका उनले अब अध्यक्षको हैसियतमा प्राधिकरणको नेतृत्व गर्नेछन्।
सिलवालले नागरिकता सम्बन्धि विवरण ढाँटेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी पदबाट निलम्बनमा परेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस