अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले नवौं वार्षिक साधारणसभा पुस २६ गते आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान १० बजे सुरु हुनेछ।
यो साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन लगायत वित्तीय विवरणहरू छलफल र अनुमोदनका लागि प्रस्तुत गरिनेछ। यद्यपि, यस वर्ष कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन।
साधारणसभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साथै, सञ्चालकको बैठक भत्तासम्बन्धी प्रस्ताव अनुमोदन गर्ने र चार जना सञ्चालकको निर्वाचन सम्पन्न गरिनेछ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस ७ गतेसम्म नामावलीमा दर्ता भएका शेयरधनीहरूले साधारणसभामा भाग लिन पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस