राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारण सभा बोलाएको छ । कम्पनीले सभा पुस २४ गते अनमोल क्याटरिङ सर्भिस प्रालि, शंखमूल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०७५ देखि २०७९ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । राष्ट्रिय बिमा कम्पनीले सञ्चालकहरुको बैठक भत्ता ६ हजार र पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार पुर्याउने प्रस्ताव पेश गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएकाले पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस