Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल प्लेअफ अपडेट: शीर्ष स्थानका लागि कडा प्रतिस्पर्धा

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, ०६ : ५१ मा प्रकाशित

एनपीएल प्लेअफ अपडेट: शीर्ष स्थानका लागि कडा प्रतिस्पर्धा

आज नेपाल प्रिमियर लिग (एनपीएल) का कुनै पनि खेल हुने छैनन । 

एनपीएलमा प्लेअफको समीकरण पूरा भएकाले एकदिन खेलमा ब्रेक लिइएको हो ।

बुधवार भने सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्टसबिचमा प्रतिस्पर्धा हुनेछ । सुदुरपश्चिम १२ अंकसहित शिर्ष स्थानमा छ भने जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा रहेको छ भने ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहेको छ ।

उता, लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भए पनि कर्णाली याक्सले रन रेटका आधारमा प्लेअफमा स्थान बनाउने टोलीमा गनिएको छ । जसअनुसार ४ खेलमा जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रामा रहेका छन ।

अब शीर्ष स्थानमा रहने दुई टोली सुदुरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्, जहाँ चितवन र कर्णाली मैदानमा उत्रनेछन् । जसकाे समान अंक ८–८ रहेकाे छ । 

क्वालिफायर र एलिमिनेटरका दुबै खेल बुधबार नै हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको