Like us!
Follow us!
Connect us!
Watch us!

निकिताले भनिन्: ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु !

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, १६ : ५८ मा प्रकाशित

निकिताले भनिन्: ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका बेला उनकी श्रीमती निकिता पौडेलले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै मिडिया रिपोर्टिङप्रति गुनासो व्यक्त गरेकी छिन् ।

निकिताले आफ्ना बुवासँगको एउटा संवाद पनि सेयर गर्दै गुनासो गरेकी हुन् । पौडेलले आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ देखाएको बताएकी छन् । आफ्नो  खाताबारे अफवाह फैलाउँदै मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाजसमेत मुकदर्शक बनेको उनी बताउँछिन् ।

उनले ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै आएको बताइन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ’तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न ।’

मैले पनि हाँस्दै भने, ’त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’ बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ’मिडिया ट्रायल’को ।

कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ ।

खाता मेरो हो । यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ’पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।

मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको