Like us!
Follow us!
Connect us!
Watch us!

डोनाल्ड ट्रम्पको पहल: रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, ०६ : ४६ मा प्रकाशित

डोनाल्ड ट्रम्पको पहल: रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् । 

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्नेसमेत बताएका छन् ।

मिडियासँग कुरा गर्दै ट्रम्पले युद्ध रोक्न जेलेन्स्की पुटिनसँग सम्झौता गर्न तयार हुनुपर्ने बताए । युद्ध रोक्न दुवै देशले सम्झौता गर्नुपर्छ । यद्यपि, ट्रम्पले युद्ध रोक्ने आफ्नो योजनाको कुनै विवरण भने दिएनन्।

ट्रम्पले युद्धका कारण अधिकांश विवादित क्षेत्र भग्नावशेषमा परिणत भएको र यसलाई मर्मत गर्न १०० वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् । उनले भने,  ‘त्यस्ता धेरै सहर छन्, जहाँ एउटा पनि भवन बाँकी छैन, सबै नष्ट भएको छ।’

‘रुस–युक्रेन युद्धका धेरै तस्विरहरु छन् जसमा शवहरु नराम्रो अवस्थामा परेका छन् । यी देख्दा मलाई सन् १८६१–१८६५ सम्म चलेको अमेरिकी गृहयुद्धका भयावह तस्बिरहरू याद आउँछ,’ उनले भने । 

यसअघि अमेरिकी चुनावका बेला डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनले युक्रेनलाई दिएको अर्बौं डलरको सहायतामाथि प्रश्न उठाएका थिए । गत साता टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुस–युक्रेन युद्ध जतिसक्दो चाँडो रोक्न चाहेको पनि बताएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको