Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने निर्णय

शुक्रबार, १४ पुस २०७४, १५ : ५० मा प्रकाशित

राप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने निर्णय

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिनुभयो ।

मन्त्री गिरीले रासससँगको कुराकानीमा सो विषयमा आफूले पनि हल्ला सुनेको बताउनुभयो । दै पार्टी अध्यक्ष निरंकुश भएपछि कुनै पनि नेता जुनकुनै समयमा कारबाहीमा पर्नसक्ने उहाँको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको