Like us!
Follow us!
Connect us!
Watch us!

राधी जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, १७ : १७ मा प्रकाशित

राधी जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन

राधी जलविद्युत कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा बुधवार सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीको ४.७५ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयरमूल्य ३६४.८७ कायम भएको छ । बुधवार कम्पनीको सेयरमूल्य ३८२.२० मा अन्तिम कारोबार भएको थियो । नेप्सेलेअन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

अब  समायोजन पश्चातको मूल्यलाई आधार मानेर बिहीवारकारोबार सुरु हुनेछ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य १८० रुपैयाँ ९१ पैसा कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको