Like us!
Follow us!
Connect us!
Watch us!

वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने

शुक्रबार, १४ पुस २०७४, १९ : ३१ मा प्रकाशित

वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने

अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदा पनि नेपाली काँग्रेस नेतृत्वले सरकार नछाडेको बताउनुभएको छ ।

पार्टी कार्यालय धूम्रबाराहीमा शहीद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृतिसभामा आयोजित कार्यक्रममा उहाँले निर्वाचनमा पराजित भएपछि स्वाभाविक रुपमा सरकार छाड्नुपर्ने भए तापनि काँग्रेसले अझै सरकार नछाडेको बताउनुभयो ।

उहाँले वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने बताउँदै उपलब्धिलाई उपयोग गरेर मुलुकलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार वोहराले शहीदले देखाएको बाटामा जान आह्वान गर्नुभयो ।

ताप्लेजुङका नेपाल र संखुवासभाका पुरीलाई २०३६ सालमा आजैका दिन पञ्चायती सरकारले घर घेरी आक्रमण गरेर संखुवासभाको सिवुवा सावुन भन्ने ठाउँमा हत्या गरेको थियो । नेपाल तत्कालीन समयमा नेकपा९माले०कञ्चनजंघा कमिटीको सचिव हुनुहुन्थ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको