शैलेश्वरी पावर नेपाल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस