Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन बीच समझदारीपत्रमा हस्ताक्षर

अर्थ संसार

शुक्रबार, ०५ पुस २०८१, ०९ : १८ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन बीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन र लगानी विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो सम्झौतामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमले बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा हस्ताक्षर गरेका हुन्।

कोइमा, दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषत: त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवद्र्धन गर्दै सर्वसाधारणलाई सुलभ वस्तु उपलब्ध गराउन स्थापित संस्था हो। महासंघको विश्वास छ कि कोइमासँगको सहकार्यले नेपाली उत्पादनलाई कोरियामा सहजै विस्तार गर्न मद्दत पुर्याउने छ, जसबाट नेपाल र दक्षिण कोरिया बीचको व्यापार घाटा घटाउन सकिने सम्भावना रहेको छ।

हाल, दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ रहेको छ। यस सहकार्यले नेपालबाट फेल्ट, गलैचा, धागो जस्ता परम्परागत सामानहरूको निर्यात वृद्धि गर्न र औद्योगिक कच्चा पदार्थका लागि नयाँ बजार खोज्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

नेपाल र कोरिया बीचको कूटनीतिक सम्बन्धको ५० वर्षको अवसरमा आयोजित यस कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र कोरियाबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनका लागि अपार सम्भावना रहेको बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको