Like us!
Follow us!
Connect us!
Watch us!

जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता,रवि र छविको पालो कहिले ?

अर्थ संसार

शुक्रबार, ०५ पुस २०८१, १६ : १८ मा प्रकाशित

जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता,रवि र छविको पालो कहिले ?

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा संलग्न जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।

आज (शुक्रबार) पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा संलग्न रहेका राईसहित १९ जनालाई मुद्दा दर्ता गरेको हो । 

उनीहरुलाई थप १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ । यसअघि १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ माग दाबी गरिएको थियो । अहिले पुरक निवेदनमा ४० करोड थपिएको हो ।

उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ ।

अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको