कालिका पावर कम्पनीले लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा चितवनको भरतपुर–१० स्थित दियालो फुडल्यान्ड चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको हुनाले पुस १९ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा सहभागी हुन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस