Like us!
Follow us!
Connect us!
Watch us!

अस्थिरताको सोच भएका प्रचण्डले डायनामिक हुँ भन्न सुहाउन्न: प‍ोखरेल

अर्थ संसार

शनिबार, १३ पुस २०८१, २० : २१ मा प्रकाशित

अस्थिरताको सोच भएका प्रचण्डले डायनामिक हुँ भन्न सुहाउन्न: प‍ोखरेल

नेकपा एमालेका महासचिव मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नु पर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैँडाकोटमा विधान तथा नीति निर्माणको सन्दर्भमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै महासचिव पोखरेलले नेपालमा समस्या छ भन्दैमा समस्याबाट भागेर समाधान ननिस्कने बताएका हुन् । हरेक समस्यासँग लड्दै अघि बढ्नु नै बुद्धिमानी हुने उनको धारणा छ ।

पार्टीको विपक्षमा बोल्दै हिँडेको कारण भीम रावल आफ्नै कर्मले पार्टीबाट बाहिरिनुभएको बताउँदै बहिरिएको मानिसलाई बाहिरिनु भएको जानकारी पार्टीले मात्रै दिएको पोखरेलले बताए ।

`जसले एमाले सिध्याउन लागेका छन् उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्, अनुशासन हीनता उद्देश्य प्राप्तिको लागि तगारो हुने गर्दछ’, उनले भने ।

अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरी क्रियाशील हुने आधार हो भन्ने बुझ्नु पर्ने  बताउँदै पोखरेलले सार्वजनिक टिप्पणी के भयो भन्ने भन्दा पनि पार्टीलाई अनुशासित बनाउनको लागि यो कदम चालिएको उनको भनाई छ । 

अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने प्रवृत्ति बढ्दै गएको पोखरेलले बताउँदै  अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा जोड दिए। हिजो के भयो भनेर होइन अब के गर्ने भनेर अब देश निर्माणको दिशामा अघि बढ्नु पर्ने उनको धारणा रहेको छ। ‘हामी सफल पनि हुनुपर्दछ, हामी उदाहरणीय पनि हुनुपर्दछ’, पोखरेलल भने ।

आज पनि पार्टी र नेतृत्व माथि नै चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको बताएका पोखरेलले काम गर्नेले नै गल्ती गर्ने बताउँदै हिले राम्रो काम गरेको कारण एमाले माथि आक्रमण र घेराबन्दी गरिएको कुरालाई बुझ्न जरुरी रहेको जनाए।

अस्थिरताको कारण मुलुक बरबाद भएको बताउँदै पोखरेलले प्रचण्डले भने त्यही अस्थिरतामा खेल्ने कुरालाई आफू डाइनामिक भन्ने गरेको उनको भनाई छ।  त्यही अस्थिरतालाई रोक्न कांग्रेस एमाले मिलेको जनाऊदै साना साना पार्टीका कारण देशमा अस्थिरता नआओस् भनेर यसो गर्नुपरेको पोखरेलले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको