नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी भएमात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन् ।
कञ्चनपुरको पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारीहरुले आफू नेतत्वको सरकार ढालेको दाबी गरे ।
उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ । त्यसलाई लुकाउन दिइनेछैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिनेछैन । वाइडबडीको भ्रष्टाचार छोडिनेछैन । यो सबैको निम्ति माओवादीलाई पहिलो बनाउनुपर्छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ । यो विश्वास तपाईंहरुलाई दिलाउँछु ।’
प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको पक्षमा धेरै काम गरेको जिकिर गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस